६ क्लब र ३ विद्यालयलाई पोखरा १ वडा कार्यालयको फुटबल सहयोग
कास्की | साउन १७, २०७९
पोखरा: पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो ।
राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकासकेन्द्रलाई ७/७ थान फुटबल सहयोग गरिएको थियो ।
जसमध्ये ५/५ वटा प्रशिक्षण बल र २/२ वटा म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिइन् । उनले फुटबल विकासमा लागेको क्लबहरुलाई वडाबाट खेलकुदका समाग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरेको बताईन् ।

उनले आगामी दिनमा समेत वडा कार्यालय रहेको महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताईन् । यसैगरी बल ग्रहणगर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले वडाप्रति आभार प्रकट गरिन् ।
विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै खुशी व्यक्त गरिन् । ‘पोखरामा क्रियाशिल क्लब मध्य हामी पनि हौं, उनले भनिन्, ‘प्रतियोगिता तथा क्लबमा सहयोग धेर थोर पाउँदै आएका छौं अहिले वडाबाट पनि फुटबल सहयोग पाएका छौं । यसले गर्दा हामीलाई फुटबलको क्षेत्रमा थप काम गर्न उतप्रेरण मिलेको छ ।’

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

